लेखाविधिको प्रक्रिया/ लेखाविधिको चक्र/ Process of Accounting/ Accounting Cycle
लेखाविधिको प्रक्रिया/ लेखाविधिको चक्र ( Process of Accounting / Accounting Cycle) लेखा प्रक्रिया वा लेखा चक्र यस्तो प्रक्रिया हो , जुन आर्थिक कारोवारको अभिलेखनबाट सुरु हुन्छ र त्यसको आधारमा आर्थिक विवरणपत्र तयार तयार गरिन्छ। The accounting process or accounting cycle is a process that begins with the recording of financial transactions and based on that, financial statements are prepared. 1. आर्थिक कारोवारहरुको पहिचान ( Identification of financial transactions ) : लेखाविधिको प्रक्रिया आर्थिक कारोवार पहिचानबाट सुरु गरिन्छ। लेखा अभिलेखनमा आर्थिक कारोवारहरुको मात्र अभिलेखन गरिन्छ। नगदमा परिवर्तन गर्न सकिने सम्पूर्ण व्यवसायिक कारोवारहरुलाई आर्थिक कारोवार भनिन्छ। Identification of financial transactions: The accounting process begins with the identification of financial transactions. Only financial transactions are recorded in accounting records. All business transactions that can be converted into cash are called financial transactions. 2. जर्नल तथा ...