लेखाविधिको प्रक्रिया/ लेखाविधिको चक्र/ Process of Accounting/ Accounting Cycle
लेखाविधिको प्रक्रिया/ लेखाविधिको चक्र (Process of Accounting / Accounting Cycle)
लेखा प्रक्रिया वा
लेखा चक्र यस्तो प्रक्रिया हो, जुन
आर्थिक कारोवारको अभिलेखनबाट सुरु हुन्छ र त्यसको आधारमा आर्थिक विवरणपत्र तयार
तयार गरिन्छ।
The accounting process or
accounting cycle is a process that begins with the recording of financial
transactions and based on that, financial statements are prepared.
1. आर्थिक
कारोवारहरुको पहिचान (Identification
of financial transactions):
लेखाविधिको प्रक्रिया आर्थिक कारोवार पहिचानबाट सुरु गरिन्छ। लेखा अभिलेखनमा आर्थिक कारोवारहरुको मात्र
अभिलेखन गरिन्छ। नगदमा परिवर्तन गर्न सकिने सम्पूर्ण व्यवसायिक कारोवारहरुलाई
आर्थिक कारोवार भनिन्छ।
Identification of financial
transactions: The accounting process begins with the identification
of financial transactions. Only financial transactions are recorded in
accounting records. All business transactions that can be converted into cash
are called financial transactions.
2. जर्नल तथा सहायक पुस्तिकामा आर्थिक कारोवारहरुको अभिलेख (Recording of financial transactions in
journals and subsidiary books): आर्थिक कारोवारहरुको पहिचान गरिसकेपछि उक्त कारोवारलाई क्रम मिलाएर
जर्नल वा सहायक पुस्तिकामा अभिलेख राखिन्छ।
Recording of financial transactions in journals and subsidiary books: After identifying financial transactions,
the transactions are recorded in a journal or subsidiary book in order.
3. लेजर खाताहरुमा अभिलेख राखिएको कारोवारहरुको
वर्गीकरण (Classification of transactions recorded in ledger accounts): लेखाचक्रको तेस्रो
चरणमा जर्नल तथा सहायक पुस्तिकामा अभिलेख गरिएका सम्पूर्ण कारोवारलाई त्यसको समान
प्रकृति छुट्याई बही खातामा अभिलेख गर्ने कार्य गरिन्छ। जसलाई आर्थिक कारोवारको
वर्गीकरण भनिन्छ।
Classification of
transactions recorded in ledger accounts: In the third stage of the
accounting cycle, all the transactions recorded in the journals and subsidiary
books are separated into their similar nature and recorded in the ledger. This
is called the classification of financial transactions.
4. अभिलेखहरुको
सारांश (सन्तुलन परिक्षण र अन्तिम खाताको तयारी ) (Summary of records
(Balance test and preparation of final account)): बहि खातामा देखाईएको खुद जम्मा शेषबाट
सन्तुलन परिक्षण तयार गरिन्छ। सन्तुलन
परिक्षणले लेखा अभिलेखनमा भएका अङ्क गणितीय गल्ती पत्ता लगाउन सहयोग गर्दछ।
Summary of records (Balance
test and preparation of final account): A trial balance is prepared
from the net total balance shown in the ledger. Trial balance helps in
detecting arithmetical errors in accounting records.
5. विश्लेषण र
व्याख्या (Analysis and Interpretation): लेखाचक्रको पाचौ चरणमा व्यवसायिक
संस्थाले तयार पारेको नाफा नोक्सान खाता र वासलातलाई विश्लेषण तथा व्याख्या गरि
संस्थाको सबल तथा दुर्बल पक्ष पत्ता लगाईन्छ।
Analysis and
Interpretation: In the fifth stage of the accounting cycle, the
profit and loss account and balance sheet prepared by the business entity are
analyzed and interpreted to identify the strengths and weaknesses of the
entity.
6. आर्थिक सुचना
प्रवाह (Financial Information Flow): लेखाचक्रको
अन्तिम चरणमा व्यवसायिक संस्थाले तयार पारेको अन्तिम खातालाई विश्लेषण तथा
व्याख्या गरि पत्ता लगाएको आर्थिक सुचनाहरुलाई सम्बन्धित पक्षमा प्रवाह गरिन्छ।
Financial Information Flow:
In the final stage of the accounting cycle, the financial information found by
analyzing and interpreting the final accounts prepared by the business entity
is distributed to the relevant parties.
