Objectives of accounting/ Characteristics of accounting/ Features of accounting
लेखाविधिको उदेश्य (Objectives of Accounting)
1. व्यवस्थित तरिकाले अभिलेख राख्ने (To keep systematic records): लेखाविधिको
पहिलो उदेश्य व्यवसायमा भएका आर्थिक कारोबारलाई व्यवस्थित तरिकाले अभिलेख राख्नु
हो. यदि व्यवस्थित तरिकाबाट आर्थिक कारोबारहरुको अभिलेख दैनिक रुपमा राखिएको छ भने
जुनसुकै समयमा भएका कारोबारहरू व्यवसायीले बुझ्न सजिलो हुन्छ।
To keep systematic records: The primary purpose of accounting is to systematically
record the financial transactions of a business. If financial transactions are
systematically recorded on a daily basis, it is easier for a businessperson to
understand the transactions that have occurred at any given time.
2. नाफा तथा नोक्सान पत्ता लगाउनु (To
determine profit or loss): प्रत्येक व्यवसायिक संगठनका
नाफा कमाउने मुख्य उदेश्य हुन्छ। कुनै निशिचित समयमा वा एक आर्थिक वर्षको अन्त्यमा
नाफा वा नोक्सान भयो भनेर पता लगाईन्छ। यसका लागि व्यापारिक खाता र नाफा तथा
नोक्सान खाता तयार गरिन्छ।
To determine profit or loss: The
main objective of every business organization is to earn profit. It is
determined whether there is profit or loss at a particular point in time or at
the end of a financial year. For this, trading accounts and profit and loss
accounts are prepared.
3. आर्थिक वा वित्तीय स्थितिको
निर्धारण गर्नु (To ascertain the financial
position of business): यसका लागि व्यापारिक खाता र
नाफा तथा नोक्सान खाता तयार गरिन्छ। लेखाविधिको अर्को उदेश्य व्यवसायको आर्थिक
अवस्था थाहा पाउनु हो। आर्थिक अवस्था भन्नाले सम्पति र दायित्वको अवस्था भन्ने
बुझिन्छ। वासलात सम्पति तथा दायित्वहरुको विवरण हो, जसले लिनुपर्ने रकम र दिनुपर्मे रकम, पुजी, स्थिर सम्पति र दायित्वको बास्तविक अवस्था झल्काउछ ।
To ascertain
the financial position of business: Another objective of accounting is to know the financial
position of the business. Financial position is understood as the position of
assets and liabilities. The balance sheet is a statement of assets and
liabilities, which reflects the actual position of receivables and payables,
capital, fixed assets and liabilities.
4.आर्थिक परिमाणको सुचना प्रवाह गर्नु (To communicate the financial result): आर्थिक विवरणको माध्यमबाट व्यवसायको आर्थिक परिमाणलाई विभिन्न
व्यावसायिक संघसंस्थाहरुमा र सम्बन्धित व्यक्तिहरुमा सुचना प्रवाह गर्नु पनि
लेखाबिधिको उदेश्य हो.
To communicate the financial result: The purpose of accounting
is to communicate the financial dimensions of a business to various business
organizations and related individuals through financial statements.
5. कर निर्धारण गर्न सहयोग गर्नु (To help to determine tax amount): कुनै पनि
व्यवसायले आर्जन गरेको नाफाबाट केहि निश्चित रकम करको रुपना सरकारलाई पनि बुझाउदछ।
नाफा आर्थिक विवरणको सहयोगबाट पत्ता लगाईन्छ।
To help to determine tax amount: Any business also pays a certain amount of tax to the government from the profits it earns. Profit is determined with the help of financial statements.