लेखाविधिका शाखाहरु (Branches of Accounting)
लेखाविधिका शाखाहरु (Branches of Accounting):
1. लागत लेखाविधि (Cost Accounting): वस्तु
तथा सेवाहरू लागत पत्ता लगाउने र त्यसको नियन्त्रण गर्ने कार्यसँग सम्बन्धित
सम्पूर्ण कार्यहरुलाई लागत लेखाविधि भनिन्छ। कुनै पनि तथा सेवा उत्पादन गर्दा बिभिन्न प्रकारका
लागतहरु लाग्ने गर्दछ। लागत लेखाविधिले वस्तु तथा सेवा उत्पादन गर्दा लागेका लागत
पहिचान गर्ने, लागतको अभिलेख गर्ने, कुल लागत पत्ता लगाउने तथा नियन्त्रण
गर्ने जस्ता कार्य गरिन्छ।
Cost Accounting:
All the activities related to the identification and control of the cost of
goods and services are called cost accounting. Various types of costs are
incurred while producing any product or service. Cost accounting involves
identifying the costs incurred while producing goods and services, recording
the costs, and identifying and controlling the total costs.
2. व्यवस्थापकीय
लेखाविधि (Managerial
Accounting): वित्तीय र लागत लेखाविधिहरूबाट प्राप्त हुने सूचनाहरू र तथ्याङ्कहरू
सङ्कलन एवं विश्लेषण गरी व्यवस्थापकीय निर्णय गर्नमा प्रयोग गरिने लेखाविधिलाई नै
व्यवस्थापन लेखाविधि भनिन्छ। व्यवस्थापन लेखाविधिको मूलभूत उद्देश्य भनेको योजना
गर्नु, व्यवस्थापकीय निर्णय गर्नु, नियन्त्रण गर्नु र
कार्यमा उच्च तहको व्यवस्थापनलाई मदत गर्नु हो।
Managerial Accounting:
The accounting method used to make managerial decisions by collecting and
analyzing information and data obtained from financial and cost accounting
methods is called management accounting. The basic objective of management
accounting is to plan, make managerial decisions, control and assist
higher-level management in their work.
3. वित्तिय
लेखाविधि (Financial
Accounting): कारोबारहरूको
नियमित र व्यवस्थित तरिकाले अभिलेख गर्ने लेखाविधिलाई नै वित्तीय लेखाविधि भनिन्छ।
वित्तीय लेखाविधि अन्तर्गत दोहोरो लेखा प्रणालीका माध्यमबाट कारोबारहरूको अभिलेख
तयार पार्ने, वहिखाता तथा सहायक खाताहरु तयार गर्ने, सन्तुलन परिक्षण
तयार पार्ने, विवरण वासलात तयार गर्ने, वितिय स्थितिको
विश्लेषण तथा व्याख्या गर्ने जस्ता कार्यहरु गरिन्छ।
Financial Accounting: The accounting method of recording transactions in a regular and systematic manner is called financial accounting. Under financial accounting, tasks such as preparing records of transactions through the double-entry bookkeeping system, preparing ledgers and subsidiary accounts, preparing trial balances, preparing balance sheets, and analyzing and interpreting financial statements are performed.